Kathmandu Press

डा.केसीलाई भेटेर पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘केसीका माग पुरा भए कसैको हार र जित हुँदैन्’

काठमाडौं, माघ १६ : पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीले बुधबार दिउँसो शिक्षण अस्पताल पुगी अनशनरत डा. गोविन्द केसीलाई भेटेकी छिन् ।

डा. केसीक....

डा.केसीलाई भेटेर पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘केसीका माग पुरा भए कसैको हार र जित हुँदैन्’
रिवाज राई

काठमाडौं, माघ १६ : पूर्वप्रधानन्यायाधीस सुशीला कार्कीले बुधबार दिउँसो शिक्षण अस्पताल पुगी अनशनरत डा. गोविन्द केसीलाई भेटेकी छिन् ।

डा. केसीको स्वास्थ्य स्थिति बिग्रिएको खबर बाहिर आएको बेला कार्कीले उनलाई भेटेकी हुन् । डा.केसीको शरीरमा ग्लूकोज र पोटासियमको मात्रा न्यून भएको छ ।

मुटुको चाल पनि बिग्रिएको छ । चिकित्सकहरूले उनलाई तत्काल सघन कक्षमा सार्नुपर्ने बताएका छन् । तर, डा. केसीले मानेका छैनन् ।

Hardik ivf

डा. केसीसँग भेटेपछि कार्कीले उनको माग व्यक्तिगत नभई तीन करोड नेपालीको भएको बताउँदै त्यसलाई तत्काल पूरा गर्न सरकारलाई आग्रह गरिन् । उनले डा. केसीले यसअघि कांग्रेस सरकारविरुद्ध पनि अनशन बसेको उल्लेख गर्दै उनलाई कुनै पार्टीले नउचालेको बताइन् ।

पूर्वप्रधानन्यायधीस कार्कीले डा.गोविन्द केसीको माग जायज भएको उल्लेख गर्दै सरकारले पूरा गर्नुपर्ने बताइन् । कार्कीले माग पुरा नभए तीन करोड नेपालीको मनमा कहिल्यै बिर्सन नसक्ने चोट पर्ने बताइन् ।

केसी कुनै व्यक्ति र पार्टीको लागि अनसन नबसेको बताउँदै उनले भनिन्, ‘डा.केसी गरिब जनता र देशको परिवर्तनका लागि लडिरहेका छन् ।’ जुनसुकै पार्टीको सरकार हुँदा पनि माग पुरा गर्न भन्दै केसीले आफ्नो अडान नछाडेकाले उनी कसै व्यक्ति र पार्टीको लागि अनसन नबसेको उनको भनाइ थियो ।

डा.केसीका माग पूरा गर्दा कसैको हारजीत नहुने बरु सबै नेपालीको जित हुने उनको भनाइ थियो । ‘‘यो माग पूरा गर्दा कसैले हार, जितको महसुस नै गर्न पर्दैन । यो उहाँको व्यक्तिगत माग हैन । तपाई हामी सबैको माग हो । त्यसैले यो माग पुरा गर्नै पर्छ,” उनले भनिन् ।

डा.केसीलाई भेटेपछि पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘‘सरकारमा बसेका मान्छेलाई यो विषमा कुनै चिन्ता छैन भन्ने मलाई लाग्दैन । सरकारमा बस्नेहरु त्यत्तिकै आएका हैनन् । निवार्चित भएर आएका हुन् । उनीहरुमा पनि विवेक बुद्धि छ । मलाई लाग्दैन की देशको सम्बृद्ध चाहने कुनै ब्यक्तिलाई मारिन्छ । त्यसैले सरकारले तुरुन्तै माग सम्बोधन गर्नु पर्छ ।”

प्रकाशित मिति: १३:५० बजे, बुधबार, माघ १६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्