Kathmandu Press

उपचार गर्न थाइल्यान्ड गए माओवादी नेता पुन

काठमाडौं, असोज १३ : उपचार गर्नका लागि नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन थाइल्यान्ड प्रस्थान गरेका छन्।नेता पुन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट...
उपचार गर्न थाइल्यान्ड गए माओवादी नेता पुन

काठमाडौं, असोज १३ : उपचार गर्नका लागि नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन थाइल्यान्ड प्रस्थान गरेका छन्।

नेता पुन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्यान्ड प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। उनी केही समयदेखि बिरामी छन्।

उनलाई जण्डिसको समस्या देखिएको छ। वंशानुगत समस्या भएका उनी थप उपचारका लागि थाइल्यान्ड गएका हुन्।

नेता पुनको सचिवालयका अनुसार यसअघि सुमेरु अस्पतालमा उपचार भएको थियो। चिकित्सकहरुकै सल्लाहमा बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइने भएको छ।

चिकित्सकहरुका उनुसार उनको शरीरमा जण्डिसको मात्रा अस्वभाविक रुपमा बढेको छ। उनी चार वर्ष अघि पनि स्वास्थ्य समस्या देखिँदा बैंकक गएका थिए।

पुनसँगै उनकी पत्नी ओनसरी घर्ती पनि थाइल्यान्ड गएकी छन्।

प्रकाशित मिति: ०७:२९ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्