Kathmandu Press

च्याम्पियन्स लिग : रियल मड्रिड सेरिफसँग पराजित

काठमाडौं, असोज १३ : स्पेनिस क्बल रियल मड्रिड च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा पराजित भएको छ।मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रियल...
च्याम्पियन्स लिग : रियल मड्रिड सेरिफसँग पराजित

काठमाडौं, असोज १३ : स्पेनिस क्बल रियल मड्रिड च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा पराजित भएको छ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रियल माल्दोभाको क्लब सेरिफसँग २-१ ले पराजित भएको हो।

पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको सेरिफले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा सख्तर डोनेस्कलाई पराजित गरेको थियो।

रियलविरुद्ध सेरिफलाई जित दिलाउन जासुर्वेक याहक्सिबोभ र सेवास्टियन थिलले गोल गरे भने रियलका लागि करिम बेन्जिमाले गोल गरेका थिए।

बर्नाबेउमा सुरुआती अग्रता सेरिफले लियो। २५औं मिनेटमा याहक्सिबोभले गोल गर्दै अग्रता दिलाए।

६५औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई खेलमा फर्काए। भिनिसियस जुनियरलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा बेन्जिमाले गोल गरेका थिए।

तर, ८९औं मिनेटमा थिलले डिबक्स बाहिरबाट भलीमा उत्कृष्ट गोल गर्दै टिमलाई जित दिलाए।

यो जितसँगै सेरिफ समूह डीको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा सख्तर डोनेस्कलाई पराजित गरेको सेरिफको ६ अंक भएको छ। तीन अंकसहित रियल दोस्रो स्थानमा छ।

खेलमा रियलले अधिकांश समय सेरिफलाई दबाब राखे पनि थप गोल गर्न सकेन । रियलका थुप्रै प्रहारलाई सेरिफका किपरले बचाउ गरेका थिए।

प्रकाशित मिति: ०६:५५ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्