Kathmandu Press

खोप लगाउने वढेसँगै संक्रमित घटे, गत महिनाको तुलनामा संक्रमितको संख्या ५ प्रतिशतले कमी 

काठमाडौं, असोज १२ : नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रम वढेसँगै संक्रमितको संख्यामा कमी आएको छ ।खोप लगाउने संख्यामा उल्लेखनीय वृद्वि भएसँगै संक्रमितको...
खोप लगाउने वढेसँगै संक्रमित घटे, गत महिनाको तुलनामा संक्रमितको संख्या ५ प्रतिशतले कमी 

काठमाडौं, असोज १२ : नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रम वढेसँगै संक्रमितको संख्यामा कमी आएको छ ।

खोप लगाउने संख्यामा उल्लेखनीय वृद्वि भएसँगै संक्रमितको संख्यामा समेत कमी आएको हो । अघिल्लो महिनाको अन्त्यसम्मा १३.६ प्रतिशत संक्रमण दर रहेकोमा यो महिनाको संक्रमण दर ८.३ प्रतिशत मात्र रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २८ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । खोप कार्यक्रम शुरु भएपछि हालसम्म २८.३ प्रतिशतले पुर्ण खोप लगाईसकेका छन् भने ३१.२ प्रतिशले पहिलो मात्रा खोप लगाएका छन् । यो दर गत अगस्त महिनाको अन्त्यसम्ममा पहिलो मात्राको २४.५ प्रतिशत र पुर्ण मात्राको संख्या २०.५ प्रतिशत रहेको थियो ।

मन्त्रालयले आज सार्बजनिक गरेको तथ्याङ्क अनुसार विगत एक महिनाको अन्तरमा ८ प्रतिशले कोरोना बिरुद्वको खोप लगाएका छन् । तथ्याङ्क अनुसार खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख नाघेको छ । जसमध्ये ६२ लाख पाँच हजार सात सय ७० जनाले पूर्ण मात्रा र ६९ लाख ६० हजार आठ सय २८ जनाले एक मात्रा खोप लगाएका छन् ।

सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेर खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी वढाईरेको छ । मन्त्रालयले खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन अपिल समेत गरेको छ । 

प्रकाशित मिति: २०:५५ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्