Kathmandu Press

कालिकामाईमा भएको अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान

कालिकामाईमा भएको अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान

काठमाडौं, असोज १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितताबारे थप अनुसन्धान थालेको छ।

गाउँपालिकामा भएका विभिन्न निमार्णका काममा अनियमितता भएको भन्दै पटक पटक उजुरी परेपछि आयोगले थप अनुसन्धान अघि बढाएको हो। गाउँपालिकाबाट थप कागजात माग गरी परेका उजुरीबारे थप अनुसन्धान थालिएको आयोगको हेटौँडा कार्यालयका उपसचिव एवं सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए। ‘विभिन्न समयमा अनियमितताबारे उजुरी परेकाले कार्यालयसँग कागजात माग गरी अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने। कालिकामाईले थालेका विभिन्न योजना, कर्मचारी भर्ना, धारा जडान कार्यक्रम, आइसोलेशन व्यवस्थान, नदी सफाइ, सडक ढलानलगायतका काममा अनियमितताबारे आयोगमा उजुरी परेको थियो। 

आयोगको टोलीले उजुरी परेका विभिन्न योजना तथा कार्यक्रमका कागजात  गाउँपालिकाको कार्यालयबाट झिकाएको छ। गाउँपालिकाको विभिन्न वडामा सञ्चालन भएको योजनाको अख्तियार टोलीले स्थलगत अवलोकन समेत गरेको थियो। आयोगको टोलीले कर्मचारीसँग सोधपुछ गर्नुको साथै कार्यालयबाट भए गरेका कामको फाइल अध्ययन थालेको छ। 

प्रकाशित मिति: २०:४३ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्