Kathmandu Press

‘अफगान आकाशमा ड्रोन गस्ती रोक्न अफगान अधिकारीको अमेरिकालाइ आग्रह’

काबुल, असोज १२ : अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले...
‘अफगान आकाशमा ड्रोन गस्ती रोक्न अफगान अधिकारीको अमेरिकालाइ आग्रह’

काबुल, असोज १२ : अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन्। 

अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति आफ्नो प्रतिबद्धतालाई ध्यान दिनुपर्ने र अफगान आकाशमा अतिक्रमण गर्न नहुने नाम उल्लेख नगर्ने शर्तमा अफगान अधिकारीले बताएको उक्त समाचार संस्थाले बताएको छ। 

अधिकारीहरूले हालै अमेरिकाले अफगानिस्तानको हवाई आकाशमा ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको बताए।

तिनीहरूले अन्तरराष्ट्रिय कानुनअन्तर्गत सबै देशहरू आफ्नो राज्यको ‘क्षेत्रीय तथा वायु सार्वभौमिकताको एक मात्र मालिक’ हुन् भनी जोड दिए।

‘अफगानिस्तानको एकमात्र कानुनी संस्थाको रूपमा अफगानिस्तानको इस्लामिक इमिरेट अफगानिस्तानको भूमि र हवाई क्षेत्रको संरक्षक होस तर संयुक्त राज्य अमेरिकाले हालै कतारको दोहामा इस्लामिक इमिरेटप्रति गरिएका सबै अन्तर्राष्ट्रिय कानुन र संयुक्त राज्य अमेरिकाको प्रतिबद्धताको उल्लङ्घन गर्दै कारबाही गरेको छ,’ अधिकारीहरूले भनेका छन्। यस्ता उल्लङ्घनहरूलाई रोक्नुपर्नेमा उनीहरूले जोड दिएका छन्। 

संयुक्त राज्य अमेरिका नेतृत्वको पश्चिमी सैनिक गठबन्धन (नाटो) सहयोगमा अफगानिस्तामा तालिवान समूहलाई विस्थापित गरी करिब २० बर्ष अफगान अधिकारीहरूलाई शान्ति स्थापनाका लागि सहयोग गरेको अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) लडाकूहरूले गतिविधि सञ्चालन गर्नसक्ने कुरालाई ध्यानमा राख्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियालीरहेको अफगान अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: २०:०६ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्