Kathmandu Press

भारतीय युवा नेता कन्हैया कुमार कंग्रेसमा प्रवेश 

काठमाडौं, असोज १२ : भारतीय कम्युनिस्ट पार्टी (भाकपा) का युवा नेता कन्हैया कुमार कंग्रेस पार्टीमा प्रवेश गरेका छन् ।जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का...
भारतीय युवा नेता कन्हैया कुमार कंग्रेसमा प्रवेश 

काठमाडौं, असोज १२ : भारतीय कम्युनिस्ट पार्टी (भाकपा) का युवा नेता कन्हैया कुमार कंग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का पूर्वविद्यार्थी नेता समेत रहेका दलित युवा नेता जिग्नेश मेभानी कंग्रेस पार्टीमा प्रवेश गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार नयाँदिल्लीस्थित अल इन्डिया कंग्रेस कमिटीको मुख्यालयमा औपचारिक कार्यक्रमबीच पार्टी प्रवेश गरेका हुन् ।

Hardik ivf

उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कंग्रेसमा प्रवेश गरेका छन् । हालै मात्र कन्हैया कुमारले कांग्रेस पार्टीका नेता राहुल गान्धीसँग भेटवार्ता गरेका थिए ।

कन्हैया कुमार कम्युनिष्ट पार्टी अफ इन्डियाको राष्ट्रिय कार्यकारिणीमा बिहारका सदस्य थिए । सन् २०१९ को लोकसभामा उनी बेगूसरायबाट निर्वाचन लडेका थिए । तर, भाजपाका उम्मेदवारसँग ठूलो अन्तरले पराजित भएका थिए । 

प्रकाशित मिति: १९:१० बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्