सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा संक्रमित

सुदूरपपिश्चम, असोज १२ : सुदूरपश्चिम प्रदेशमा सोमबार थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९१८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
चौध जनामा पीसीआर र चार जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १३ र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिमार्फत कञ्चनपुरमा तीन र दार्चुलामा एक जनामा सङ्क्रमण देखिएको हो। यस्तै गएको २४ घण्टामा प्रदेशभर २१ जना सङ्क्रमणमुक्त भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
प्रकाशित मिति: १८:५१ बजे, मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)