Kathmandu Press

सरकारले संविधान मिच्दा सञ्चार माध्यम चुप बसेको ओलीको आरोप

काठमाडौं, असोज १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमध्यम प्रति असन्तुष्टि जनाएका छन्। मंगलबार सञ्चार माध्यमका सम्पादकहरुसँग छलफल गर्दै...
सरकारले संविधान मिच्दा सञ्चार माध्यम चुप बसेको ओलीको आरोप

काठमाडौं, असोज १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमध्यम प्रति असन्तुष्टि जनाएका छन्। 

मंगलबार सञ्चार माध्यमका सम्पादकहरुसँग छलफल गर्दै उनले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्यम चुप लागेर बसेको बताए। 

उनले भने, ‘संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागेको जस्तो देखियो।’ 

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई सञ्चार माध्यमले खबरदारी गरेर धेरै सहयोग गरेको भन्दै अहिलेको सरकालाई खबरदारी गर्न नपुगेको बताए।

‘सरकारलाई खबरदारी गरेन भने लापरवाहजस्तो हुँदो रहेछ, जस्तो अहिलेको सरकार’ उनले भने, ‘अहिलेको सरकारलाई खबरदारी पुगेन कि जस्तो लाग्छ, संविधान कानुनको मतलब छैन।’

साथै, उनले प्रेस र आफ्नो उद्देश्य समान रहेको बताए। 

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्