Kathmandu Press

कपनको घरबाटै चार वर्षीय बालकको अपहरण

काठमाडौं, असोज १२ : काठमाडौंको कपनबाट चार वर्षीय बालक अपहरणमा परेका छन्।सोमबार दिउँसो चार बजे घरैबाट चार वर्षीय पीयुष शर्मा अपहरणमा परेको प्रहरीले...
कपनको घरबाटै चार वर्षीय बालकको अपहरण

काठमाडौं, असोज १२ : काठमाडौंको कपनबाट चार वर्षीय बालक अपहरणमा परेका छन्।

सोमबार दिउँसो चार बजे घरैबाट चार वर्षीय पीयुष शर्मा अपहरणमा परेको प्रहरीले जनाएको छ। 

भारतको बिहार घर भएका शर्मालाई भारतकै शंकर दास भनिने व्यक्तिले अपहरण गरेको अनुमान प्रहरीले गरेको छ। दास शर्माकै घर नजिक बस्दै आएका थिए। 

दासले बालकलाई वीरगञ्ज जाने सार्वजनिक बसमा चढाएर लगेको प्रहरीले आशंका गरेको छ। 

परिवारले खबर गरे लगत्तै प्रहरीले उनको खोजी कार्य तिब्र पारेको छ।

प्रकाशित मिति: १८:२४ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्