Kathmandu Press

बालबालिका लक्षित कोरोना खोप अभियान चलाउँदै पाकिस्तान

इस्लामाबाद, असोज १२ : पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।यहाँका...
बालबालिका लक्षित कोरोना खोप अभियान चलाउँदै पाकिस्तान

इस्लामाबाद, असोज १२ : पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्षित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

यहाँका योजनामन्त्री असद उमारले मङ्गलबार उक्त घोषणा गरेका हुन्। हाल पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हुने मृत्युमा कमी आएको छ। मन्त्री उमारले ट्विट गर्दै छिटै यो अभियान विद्यालय केन्द्रित भई सञ्चालन गरिने जनाएका हुन्। 

पाकिस्तानमा पछिल्लो २४ घण्टामा १,४०० नयाँ सङ्क्रमित फेला परेका छन् भने भाइरस सङ्क्रमणका कारण ४१ जनाले ज्यान गुमाएका छन्। पाकिस्तानमा  जुलाइदेखि दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १,५०० भन्दा कम भएको यो पहिलो पटक हो। 

प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, असोज १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्