Kathmandu Press

राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू मनोनयन गर्दै

वासिङ्टन, असोज १२ : अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दैछन्।उच्च कानुनी पदमा मनोनयनका लागि  विविध समूहबाट समावेशी...
राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू मनोनयन गर्दै

वासिङ्टन, असोज १२ : अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दैछन्।

उच्च कानुनी पदमा मनोनयनका लागि  विविध समूहबाट समावेशी रूपमा उमेद्वार छनोट अन्तिम चरणमा प्रवेश गरेको बताइएको छ। 

Hardik ivf

ह्वाइट हाउसले मंगलबार घोषणा गरेको नामअनुसार ती उमेद्वारहरूले हवाई, रोड आइल्याण्ड, उत्तरी क्यारोलिना, कोलोराडो, ओहायो, भर्मन्ट र युएस भर्जिन टापुहरूमा संघीय अभियोजकको कार्यालयहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ। 

न्याय विभागका ९३ न्यायाधिवक्ताहरू संघीयस्तरमा आपाराधिक कार्यको अभियोजनका लागि सम्बन्धित जिल्लाहरूमा जिम्मेवार हुनेछन्। जसबाट बाइडेन प्रशासनलाई केन्द्रमा अपराध नियन्त्रणका लागि सहयोगी हुनेछ।

बाइडेन प्रशासनका अनुसार ती उमेद्वारहरूको छनोट तिनीहरूको न्यायिक दक्षता, समर्पण, पेशागत क्षमता, अनुभव र स्वतन्त्र न्यापालिकाका लागि गरेको प्रतिबद्धताका आधारमा गरिनेछ। 

प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्