Kathmandu Press

हाइटीको निर्वाचन अनिश्चितकालका लागि स्थगित

पोर्ट–औ–प्रिन्स, असोज १२ : हाइटीमा आउँदो महिनामा हुन गइरेहको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ।निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन...
हाइटीको निर्वाचन अनिश्चितकालका लागि स्थगित

पोर्ट–औ–प्रिन्स, असोज १२ : हाइटीमा आउँदो महिनामा हुन गइरेहको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ।

निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित भएको हो।

Hardik ivf

निर्वाचन अनिश्चितकालको लागि स्थगित भएपछि देश थप अनिश्चिततामा धकेलिएको छ। सेप्टेम्बर २०२० मा राष्ट्रपतिको रुपमा जोवेल मोइसेको नियुक्तिपछि २०२१ जुलाईमा हत्या भएको थियो।

त्यसपछि गठन गरिएको अस्थायी निर्वाचन परिषद् (सीईपी) का नौ सदस्यहरुलाई विपक्षी र जनताले कडा आलोचना गरेका छन्। 

सर्वत्र आलोचनाका कारण उनीहरुलाई बर्खास्त गरिएको हो। पटक पटकको छलफल पछि तय गरिएको निर्वाचन र संवैधानिक जनमत संग्रहको पहिलो चरणको मतदान आगामी नोभेम्बर ७ मा गर्ने तय भएको थियो।

अहिले हुने भनिएको निर्वाचनले नै राष्ट्रपति समेत चयन गर्ने थियो, तर निर्वाचन नै नहुने भएपछि राजनीतिक संकट उत्पन्न हुने भएको छ।

प्रकाशित मिति: १७:२० बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्