Kathmandu Press

चीनमा पानीजहाज दुर्घटना : १२ को मृत्यु, अरु कैयौं बेपत्ता

गुयाङ असोज १२ : चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन...
चीनमा पानीजहाज दुर्घटना : १२ को मृत्यु, अरु कैयौं बेपत्ता
सांकेतिक तस्बिर।

गुयाङ असोज १२ : चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।

जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन  जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

अत्यधिक भारीका कारण पानी जहाज पल्टीएको हुनसक्ने प्रारम्भीक अनुमान गरिएको छ। दुर्घटना भएका बेला जहाजमा कुल ४० यात्रु रहेका थिए। 

घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराईरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ। 

खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ।

प्रकाशित मिति: १७:१५ बजे, मंगलबार, असोज १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्