Kathmandu Press

थपिए ११५८ संक्रमित, १३१८ जना संक्रमणमुक्त, १२ को मृत्यु

११,६७२ जनामा गरिएको पिसिआर परीक्षणबाट ९०४ र २,३३१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थपिए ११५८ संक्रमित, १३१८ जना संक्रमणमुक्त, १२ को मृत्यु

काठमाडौं, असोज १२ : पछिल्लो २४ घन्टामा देशभरिमा १,१५८ जना कोरोना संक्रमित थपिएका छन्।

११,६७२ जनामा गरिएको पिसिआर परीक्षणबाट ९०४ र २,३३१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९३,२७१ जनामा र एन्टिजेन परीक्षणबाट ९१,१०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा १,३१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,६३,७३४ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,११५ पुगेको छ।

अहिले देशभरिमा १८,४२२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्