Kathmandu Press

परराष्ट्रमन्त्री डा. खड्काको शपथविरुद्ध सर्वोच्चमा रिट

परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
परराष्ट्रमन्त्री डा. खड्काको शपथविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, असोज १२ : परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

६ असोजमा परराष्ट्रमन्त्री नियुक्त भएका डा. खड्काले सोही दिन राष्ट्रपतिबाट शपथ ग्रहण गरेका थिए ।

कुनै कानूनी ढाँचाबिनै असंवैधानिक तवरले उनलाई शपथ गराइएको रिटमा दाबी गरिएको छ । अधिवक्ता विशाल न्यौपानेले दायर गरेको रिट सर्वोच्चमा दर्ता भएको छ ।

रिटको किनारा नलागेसम्म डा. खड्कालाई मन्त्रीको हैसियतमा काम नगर्न-नगराउन अन्तरिम आदेशको माग पनि रिटमा गरिएको छ । यस्तै, शपथसम्बन्धी कानून निर्माण नभइन्जेल कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्न-नगराउन आदेश माग गरिएको छ ।

प्रकाशित मिति: १६:२३ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्