Kathmandu Press

मेयरलाई मुक्का हान्ने युवक पाँच हजार धरौटीमा रिहा

बुटवल, असोज १२ : बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने  गणेश पंगेनी धरौटीमा रिहा भएका छन्। उनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएको इलाका...
मेयरलाई मुक्का हान्ने युवक पाँच हजार धरौटीमा रिहा

बुटवल, असोज १२ : बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने  गणेश पंगेनी धरौटीमा रिहा भएका छन्। 

उनी ५ हजार रुपैयाँ धरौटीमा रिहा भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। पंगेनीले असोज ४ गते बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए।

सोही दिन साँझ पक्राउ परेका पंगेनीलाई सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरअन्तर्गत अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिएको थियो।

बुटवलको ज्योतिनगरका पहिरो पीडितसमेत रहेका पंगेनी एमालेनिकट अनेरास्ववियुमा आबद्ध छन्।

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्