Kathmandu Press

अनुवांशिक अध्ययन गर्दा नेपालमा भेटियाे डेल्टा भाइरस

काठमाडौं, असोज १२ : कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जिन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक...
अनुवांशिक अध्ययन गर्दा नेपालमा भेटियाे डेल्टा भाइरस

काठमाडौं, असोज १२ : कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जिन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा डेल्टा भाइरस भेटिएको हो । 

प्रयोगशालाका निर्देशक डा. रुणा झाले ४२ नमुनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जिन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताइन्।

प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमुना भदौ र असोज तथा एउटा वैशाखमा सङ्कलन गरिएको थियो। 

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको थियो। निर्देशक डा. झाले अब नेपालमैै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताइन्। 

प्रकाशित मिति: १५:४८ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्