Kathmandu Press

चीनमा कति छन् उइगर मुसलमान ? यस्तो छ आँकडा

चीनले आफ्नो सिन्जियाङ प्रान्तमा बसोवास गर्ने उइगर मुसलमान समुदायको जनसंख्या श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ।
चीनमा कति छन् उइगर मुसलमान ? यस्तो छ आँकडा

बेइजिङ, असोज १२ : चीनले आफ्नो सिन्जियाङ प्रान्तमा बसोवास गर्ने उइगर मुसलमान समुदायको जनसंख्या श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ ।

मुलुकको सातौँ राष्ट्रिय जनसंख्याको आँकडासहित चीनले उइगर मुसलमान समुदायको संख्या पनि सार्वजनिक गरेको हो । श्वेतपत्रका अनुसार सिन्जियाङ क्षेत्रमा उक्त समुदायको आवादी काफी बढेको छ ।

Hardik ivf

सिन्जियाङ त्यही प्रान्त हो, जहाँका मुसलमान समुदायमाथि चिनियाँ सुरक्षाकर्मीहरूले चरम दुव्र्यवहार गर्ने गरेको आरोप अमेरिकासहितका पश्चिमा मुलुकले लगाउँदै आएका छन् । जातीय संहारका लागि चीनले सिन्जियाङमा ‘डिटेन्सन क्याम्प’ नै चलाउने गरेको आरोप पश्चिमा मुलुकको छ ।

चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार सन् १९५३ मा सिन्जियाङमा जम्मा ३६ लाख उइगर मुसलमान बसोवास गर्थे । सन् २०२० मा त्यो संख्या बढेर एक करोड १० लाख पुगेको नयाँ जनगणनाले देखाएको छ ।

चिनियाँ स्टेट काउन्सिल इन्फर्मेसन अफिसले सन् २०१५ देखि सिन्जियाङको जनसांख्यिक विकास आँकडा सार्वजनिक गर्न थालेको हो । र, पहिलोपटक सात दशकयताको आँकडा हालै सार्वजनिक गरेको छ ।

यसपटक सार्वजनिक गरिएको १० औँ श्वेतपत्रमा मानव अधिकारको क्षेत्रमा भएको उपलब्धी, व्यावसायिक तालिम, शैक्षिक केन्द्र, रोजगारी र आतंकविरोधी उपायहरू माथि पनि चर्चा गरिएको छ । साथमा, उइगर समुदायलाई लिएर चीनविरोधी शक्तिहरूले गरिरहेको प्रचारबाजीको पनि श्वेतपत्रमा खण्डन गरिएको छ ।

पछिल्लो आँकडाअनुसार २१ औँ शताब्दीको सुरुका दुई दशकमा उइगर मुसलमानको आवादी वार्षिक १.६७ प्रतिशतले बढिरहेको पाइएको छ । र, त्यो चीनका अन्य जातीय समूहको वृद्धिदरभन्दा धेरै बढी हो । सिन्जियाङका दक्षिणी चारवटा जिल्लामा उक्त समुदायको जनसंख्या ८३.७४ प्रतिशत छ ।

प्रकाशित मिति: १५:३१ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्