ज्यान मार्ने उद्योगमा संलग्न दुई कसुरदार पक्राउ
मोरङ, असोज १२ : ज्यान मार्ने उद्योगमा संलग्न कसुरदार विराटनगर महानगरपालिका-११ बस्ने २७ वर्षीय विमल कार्की र धनपाल थान गाउँपालिका-१ बस्ने ५३ वर्षीय महमद...मोरङ, असोज १२ : ज्यान मार्ने उद्योगमा संलग्न कसुरदार विराटनगर महानगरपालिका-११ बस्ने २७ वर्षीय विमल कार्की र धनपाल थान गाउँपालिका-१ बस्ने ५३ वर्षीय महमद साजिद मियालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार दिउँसो विराटनगर महानगरपालिका-७ स्थितसडकमा काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-९ बस्ने ३० वर्षीय कलाम सिंह लामालाई कार्की र मियाले ब्यवसायिक विवादका कारण धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको घटनामा संलग्न रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
धारिलो हतियार प्रहारबाट घाइते भएका लामाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग कसुरमा पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१