Kathmandu Press

बेलायतमा एकै दिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

लन्डन, असोज १२ : बेलायतमा सोमबार एकै दिनमा ३७ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमा जनाइएको...
बेलायतमा एकै दिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

लन्डन, असोज १२ : बेलायतमा सोमबार एकै दिनमा ३७ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।

ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमा जनाइएको छ। प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएकामा त्यो सख्या बढेर सोमबार ३७ हजार ९६० जना पुगेको हो। यसरी यहाँ हरेक दिन संक्रमितहरु थपिँदै गएको पाइएको छ। 

त्यसै गरी यहाँ गएको २४ घण्टा यतामात्र ४० जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ। थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार २०८ जना पुगेको पनि बताइएको छ। यहाँ अहिलेसम्म ७६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका बताएका छन्।

प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, असोज १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्