भिरबाट लडेर मृत्यु
ओखलढुंगा, असोज १२ : सिद्धिचरण नगरपालिका-७ गुन्जा बस्ने ४५ वर्षीया कामी डोमा शेर्पाको सोही ठाउँस्थित सिरुभिरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ। मोलुङ गाउँपालिका-२...
ओखलढुंगा, असोज १२ : सिद्धिचरण नगरपालिका-७ गुन्जा बस्ने ४५ वर्षीया कामी डोमा शेर्पाको सोही ठाउँस्थित सिरुभिरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ।
मोलुङ गाउँपालिका-२ लिपे खोलामा गिट्टी कुटी घर फर्कने क्रममा उक्त भिरबाट लडेर करिब २० मिटर तल खस्दा उनको मृत्य भएको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












