Kathmandu Press

अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

अल्जियर्स, असोज १२ : अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ।पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय...
अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

अल्जियर्स, असोज १२ : अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ।

पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो। 

Hardik ivf

पूर्वप्रधानमन्त्री अहमद ओयुयाहियालाई ६ वर्ष र अर्का पूर्वप्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच वर्ष जेल बस्नुपर्ने भनिएको छ। 

उनीहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका मुद्दा लगाइएको समाचारमा जनाइएको छ। सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई मुख्य मुद्दा बनाइएको छ। 

भवन बनाउने काममा प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै पाँच बर्षको जेल सजाय तोकिएको छ। उहाँलाई भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप लगाइएको छ। पूर्वप्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा पटकपटक गरेर चार पटक प्रधानमन्त्री बन्नु भएको थियो। 

त्यसैगरी अर्का पूर्वप्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गरेका थिए। उनी बौटेफ्लीकाको चार ओटै निर्वाचनको मुख्य व्यवस्थापक थिए।

तत्कालीन राष्ट्रपति बौटेफ्लीकले गत सन् २०१९ मा राजीनामा दिनुभएको थियो। हप्तौँको आम नागरिकको आन्दोलन र सेनाको दवावका कारण उहाँले राजीनामा दिनु परेको थियो। उनले यही सेप्टेम्बर महिनामा ८४ वर्षको उमेरमा निधन भएको छ। 

प्रकाशित मिति: १४:३४ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्