Kathmandu Press

म्यानमारमा मानवीय सहायताको खाँचो छ : युएनओ

म्यानमारमा मानवीय सहायताको खाँचो छ : युएनओ

संयुक्त राष्ट्रसंघ, असोज १२ : संयुक्त राष्ट्रसंघ (युएनओ) ले म्यानमारमा पनि अहिले मानवीय सहायताको खाँचो देखिएको जनाएको छ।

यहाँका कम्तीमा पनि ३० लाख मानिसमा यस्तो खाँचो देखिएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ। 

उक्त एजेन्सीकाअनुसार म्यानमारका ३० लाख नागरिकले मानवीय सहायताको खाँचो भएर त्यसका लागि संयुक्त राष्ट्रसंघलाई अनुरोध समेत गरेका बताइएको छ।

यहाँ यसै वर्षको फेब्रुअरी ३ मा सेनाले सत्ता हत्याएको थियो। आङ सान सुकीको दलको प्रजातान्त्रिक दलको सरकारलाई सेनाले हत्याएर सैनिक शासन सुरु गरेको थियो। त्यसका विरोधमा नागरिक सडकमा ओर्लिएका थिए। 

त्यसपछि त्यहाँ लामो समयसम्म सेनाका विरुद्धमा आन्दोलन भएको थियो भने सेनाले आन्दोलन दबाउनका लागि हानेको गोली लागेर सयौँ नागरिक मारिएका थिए। संयुक्त राष्ट्रसंघले यहाँ मुख्य शहरी क्षेत्रमा बस्ने मानिसलाई नै खाना र बास समेतको मानवीय सहायताको खाँचो परेको जनाएको छ। 

मुख्यगरी यहाँको यांगुन शहर र अर्को बजार क्षेत्र मण्डालेमा यस्तो समस्या देखिएको छ। ती क्षेत्रमा बस्ने बालबालिकामा पनि पौष्टिक खानाको अभावमा कुपोषणको समस्या समेत देखा पर्न लागेको पनि बताइएको छ। 

प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, असोज १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्