Kathmandu Press

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबारलाई सारियो

काठमाडौं, असोज १२ : माओवादी केन्द्रको स्थायी समिति बैठक बैठक बुधबार बिहान ११ बजेका लागि सारिएको छ।आज (मंगलबार) दिउँसो ३ बजेका लागि बोलाइएइको...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबारलाई सारियो

काठमाडौं, असोज १२ : माओवादी केन्द्रको स्थायी समिति बैठक बैठक बुधबार बिहान ११ बजेका लागि सारिएको छ।

आज (मंगलबार) दिउँसो ३ बजेका लागि बोलाइएइको बैठक पर्याप्त तयारी नपुगेको भन्दै स्थगित गरिएएको एक स्थायी समिति सदस्यले बताए।

माओवादी केन्द्रले आगामी पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको छ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको थियो।

मन्त्रिपरिषद चाँडै विस्तार हुने भएपछि त्यससम्बन्धी र  बाँकी मन्त्री पठाउने विषयमा पनि छलफल स्थायी कमिटी बैठकमा हुने बताइएको छ। 

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्