Kathmandu Press

ओलीको आरोप- राजनीतिक दलसम्बन्धी अध्यादेश एमालेविरुद्ध लक्षित रहेको पुष्टि भयो

एमाले अध्यक्ष केपी ओलीले सरकारले २ भदौमा जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश एमालेविरुद्ध लक्षित रहेको पुष्टि भएको दाबी गरेका छन्।
ओलीको आरोप- राजनीतिक दलसम्बन्धी अध्यादेश एमालेविरुद्ध लक्षित रहेको पुष्टि भयो

काठमाडौं, असोज १२ : एमाले अध्यक्ष केपी ओलीले सरकारले २ भदौमा जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश एमालेविरुद्ध लक्षित रहेको पुष्टि भएको दाबी गरेका छन् ।

ओलीसँग मंगलबार बिहान कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेको भेटपछि उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उक्त दाबी गरिएको हो ।

‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो, जुन विल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ,’ प्रेस नोटमा भनिएको छ, ‘चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।’

संसद् अधिवेशन चालु रहेको अवस्थामा उक्त अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको ओलीले उल्लेख गरेका छन् । ‘कानून बनाउने, संशोधन र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानून निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसदबाहेक अन्यत्रबाट हुन सक्दैन,’ प्रेस नोटमा उल्लेख छ, ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीले कानून मन्त्रीसँगको भेटमा उहाँमार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्रीसमक्ष पठाउनुभयो ।’

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्