Kathmandu Press

ओसामा बिन लादेनका छोरा हम्जा पनि मारिए

वासिङ्टन, साउन १६ : आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार....

ओसामा बिन लादेनका छोरा हम्जा पनि मारिए

वासिङ्टन, साउन १६ : आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए।

अमेरिकी प्रशारण संस्था एनबीसी न्यूजका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेको जनाएको छ। तर ती अधिकारीहरुले हम्जाका बारेमा थप विवरण दिन अस्वीकार गरेका छन्।

हम्जाको मृत्युका बारेमा अमेरिकी राष्ट्रपतिको कार्यालयमा पत्रकारहरुले सोधेको प्रश्नमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसीको समाचार सही वा गलत भन्ने बारेमा बताउन अस्वीकार गरे।

राष्ट्रपति ट्रम्पले भने, ‘यस बारेमा म अहिल्यै केही टिप्पणी गर्न चाहन्न।’

सन् २०१९ फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले हम्जाको टाउकाको मूल्य १० लाख अमेरिकी डलर तोक्नुअघि नै उनको मृत्यु भइसकेको अनुमान गरिएको छ।

ओसामा बिन लादेनका २० जना छोराछोरीमध्ये हम्जा १५औं सन्तान हुन्। ओसामाकी तेस्रो पत्नीको कोखबाट जन्मेका हम्जा ३० वर्षको हाराहारीका थिए। अमेरिकी विदेश मन्त्रालयले ओसामाको उत्तराधिकारीका रुपमा हम्जाले अलकायदाको नेतृत्व गर्न थालेको जनाएको छ।

‘जिहादी राजकुमार’का रुपमा समेत लिइने हम्जाले बेलाबखत अडियो र भिडियो सन्देशमार्फत अमेरिका र उसका समर्थक मुलुकमाथि आक्रमण गर्न आह्वान गर्दै आएका थिए। खासगरी सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा आफ्ना बुबा ओसामाको हत्यामा संलग्नमाथि कारबाही गर्ने धम्की हम्जाले दिएको विदेश मन्त्रालयको दाबी छ।

पाकिस्तानको अबोटाबादमा ओसामाको घरबाट बरामद गरिएका कागजातमा हम्जालाई अल–कायदाको उत्तराधिकारी बनाउन थालेको उल्लेख थियो।

हम्जाको विवाहसम्बन्धी एक अर्को भिडियोमा हम्जाले अल–कायदाका वरिष्ट व्यक्तिकी छोरीसँग विवाह गरेको देखिएको थियो। उनीहरु दुवै इरानमा बसेको विश्वास गरिएको छ। तर त्यहाँ घरमै नजरबन्द गरिएको हुन सक्ने अनुमान पनि गरिएको छ।

विश्वमै इस्लामिक जिहाद फैल्याउने मुख्य धरोहरका रुपमा लिइएका हम्जाको हत्या भएको हो भने त्यसले यस आन्दोलनमा ठूलो क्षति पु¥याउने अतिवादी संगठनहरुका विषयमा अध्ययनरत संस्था साइट इन्टेलिजेन्सका कार्यकारी कार्यकारी निर्देशक रिटा काजको भनाइ छ।

प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, साउन १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्