Kathmandu Press

खोलाले बगाउँदा बालिकाको मृत्यु

इलाम, असोज १२ : इलामको फाकफोकथुम र देउमाई बीचको  मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।देउमाई-१ चमैता मावली घरमा बसेर पढ्दै आएकी नौ...
खोलाले बगाउँदा बालिकाको मृत्यु

इलाम, असोज १२ : इलामको फाकफोकथुम र देउमाई बीचको  मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

देउमाई-१ चमैता मावली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो। फाकफोकथुम गाउँपालिका-६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो। 

भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले  राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनको शव आज पोस्टमार्टम लागि जिल्ला अस्पताल ल्याइएको छ। 

प्रकाशित मिति: १३:१० बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्