Kathmandu Press

वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने

काठमाडौं, असोज १२ : माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ।लामो समयदेखि जन्डिसबाट पीडित पुन दुई...
वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने

काठमाडौं, असोज १२ : माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिने भएको छ।

लामो समयदेखि जन्डिसबाट पीडित पुन दुई दिनअघि ललितपुरको सुमेरु अस्पतालमा भर्ना भई उपरचाररत छन्। त्यहीका चिकित्सकहरूको सुझावअनुसार उनलाई थप उपचारका लागि बैंकक लान लागिएको पारिवारिक स्रोतले् जनाएको छ। बुधबार बिहानै बैंकक लाने तयारी भइरहेको बताइएको छ। 

यसअघि पनि उनले बैंककमै जन्डिसको उपचार गराएका थिए। बैंककको समितिभेज अस्पतालमा उनको उपचार हुने बताइएको छ ।

२०७२ सालमा बैंककमा उपचार पुनले नियमित औषधि लिइरहेको र हरेक वर्ष फलोअपमा गइरहे पनि पछिल्लो दुई वर्ष भने कोरोनाका कारण फलोअपमा नगएको बताइएको छ।

प्रकाशित मिति: १३:०० बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्