Kathmandu Press

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको भनाइ

टोकियो, असोज १२ : उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ।समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि...
उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको भनाइ

टोकियो, असोज १२ : उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ।

समयसमयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो। 

यस समाचारलाई विश्वका समाचार समितिहरुले पनि सम्प्रेषण गरेका छन्। जापान सरकारलाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ।

जापान सरकारका एक अधिकारीले भनेका छन् कि उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पानीमा खसेको अनुमान गरिएको छ।

जापानको एक आर्थिक क्षेत्रनजिकको समुद्रमा सो क्षेप्यास्त्र खसेको अनुमान गरिएको छ। तर पनि अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्ने बारेमा भने केही बताइएको छैन। 

यस क्षेप्यास्त्र परीक्षणको बारेमा उत्तरले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको छैन। कोरियाले त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टि गरेको थिएन।

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ। केही समय मात्र अघि पनि उसले अन्तरमहादशीय क्षेप्यास्त्र हानेको बताइएको थियो। जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो। 

प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, असोज १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्