Kathmandu Press

कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश दिने

काठमाडौं, असोज १२ : कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ।बैंक सञ्चालक समितिको सोमबार सम्पन्न बैंठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण...
कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश दिने

काठमाडौं, असोज १२ : कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको सोमबार सम्पन्न बैंठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने बोनस सेयर र नगाद लाभांश प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि समेत गरी २.६७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

बैंकका प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंककको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्