Kathmandu Press

नेपालमा कोरोना खोप क्षमता मूल्यांकन गर्न स्यानोफी र जिएसके अनुमोदित 

काठमाडौं, असोज १२ : स्यानोफी र जिएसकेले नेपालमा कोभिड-१९ विरुद्धको खोपको सहायक उम्मेदवारको सुरक्षा, प्रभावकारिता र प्रतिरक्षा क्षमता मूल्यांकन गर्न अनुमोदन प्राप्त गरेको...
नेपालमा कोरोना खोप क्षमता मूल्यांकन गर्न स्यानोफी र जिएसके अनुमोदित 

काठमाडौं, असोज १२ : स्यानोफी र जिएसकेले नेपालमा कोभिड-१९ विरुद्धको खोपको सहायक उम्मेदवारको सुरक्षा, प्रभावकारिता र प्रतिरक्षा क्षमता मूल्यांकन गर्न अनुमोदन प्राप्त गरेको छ। 

सुरक्षित, प्रभावकारी र सुलभ खोपहरुको खोज, विकास र वितरणका लागि समर्पित एक अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभिआई) ले नेपालमा तीन अध्ययन साइटहरुमा ४ हजार स्वयंसेवक भर्ना गर्ने अपेक्षा गर्दै तेस्रो चरणमा क्लिनिकल ट्रायल सञ्चालन गर्ने आइभिआइले जनाएको छ।

ग्लोबल क्लिनिकल ट्रायलको सहायताका लागि स्थानीय डाटा उत्पादन गर्न आइभिआईको नेतृत्वमा यो अध्ययनले नेपालमा खोप अनुसन्धान र विकासका लागि क्षमता र पूर्वाधार निर्माण गर्न जारी राख्नेछ। 

कोभिड-१९ विरुद्धको खोप उपलब्ध हुनेबित्तिकै यदि उनीहरुले चाहे अध्ययनका सहभागीहरुलाई अध्ययनका क्रममा अनुमोदित कोभिड-१९ विरुद्धको खोप लगाउन प्रोत्साहित गरिने आाइभिआईले जनाएको छ। 

‘कोभिड-१९ महामारीका अन्त्यका लागि विश्वव्यापी प्रतिरक्षा प्राप्त गर्न बढ्दो भेरियन्टविरुद्ध परिक्षण गरिएको र कम संसाधन सेटिंग्सको लागी पनि पहुँचयोग्य हुने नयाँ खोपहरूको एक नवीन पुस्ताको आवश्यकता छ,’ आइभिआइकी उपमहानिर्देशक डा. अन्ह वार्टेलले भिनन्, ‘नेपालमा यो महत्वपूर्ण चरण ‘घ’को अध्ययनमा स्यानोफी पास्चरसँग सहकार्य गर्न पाउँदा, विशेष गरी यस वर्षको सुरुवातमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग यस क्षेत्रको सार्वजनिक स्वास्थ्यको सुदृढीकरणका लागि हाम्रो हालको सहयोग सम्झौताको प्रकाशमा साझेदारी गर्न पाउँदा खुसी छौं।’

यस्तै अन्तराष्ट्रिय क्लिनिकल ट्रायलको चरण ३ अन्तर्गत अमेरिका, एसिया, अफ्रिका र ल्याटिन अमेरिकासहित धेरै देशहरुबाट स्वयंसेवकहरुको सहभागिता रहेको आइभिआइले जनाएको छ।
 

प्रकाशित मिति: १२:३० बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्