Kathmandu Press

सुनको मूल्यमा तीन सय रूपैयाँ गिरावट 

काठमाडौं, असोज १२ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ।छापावाल सुन सोमबार प्रतितोला रु. ८९ हजारमा ३०० मा कारोबार भएको...
सुनको मूल्यमा तीन सय रूपैयाँ गिरावट 

काठमाडौं, असोज १२ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ।

छापावाल सुन सोमबार प्रतितोला रु. ८९ हजारमा ३०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु. ८९ हजार तोकिएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ। तेजाबी सुन सोमबार प्रतितोला रु ८८ हजार ८५० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला रु ५ ले घटेको छ । सोमबार प्रतितोला रु. १ हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु. १ हजार १५५ तोकिएको छ । 

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ७५१ दशमलव ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: ११:५१ बजे, मंगलबार, असोज १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्