Kathmandu Press

कपिलवस्तु वाणगंगामा बस र विङ्गर ठोकिँदा १५ घाइते

कपिलवस्तु बाणगंगा–४ जितपुरमा यात्रुबाहक बस र विङ्गर ठोक्किँदा भएको दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कपिलवस्तु वाणगंगामा बस र विङ्गर ठोकिँदा १५ घाइते

काठमाडौं, असोज १२ : कपिलवस्तु बाणगंगा–४ जितपुरमा यात्रुबाहक बस र विङ्गर ठोक्किँदा भएको दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रुकुमबाट काठमाडौं जाँदै गरेको बा४ख २४४८ नम्बरको बस र लु१ज ३००६ नम्बरको विङ्गर आज बिहान ठोक्किएको हुन् ।

घाइते दुईजना तिनाउ अस्पताल, तीनजना लुम्बिनी नर्सिङ होम र एकजनाको भैरहवा आँखा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । सामान्य घाइते भएका अन्य यात्रुको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ११:२२ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्