Kathmandu Press

मुद्दा मिलाइदिन तीन लाख माग्ने वकिल पक्राउ

मुद्दा मिलाइदिन भन्दै तीन लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले एक कानून व्यवसायीलाई पक्राउ गरेको छ ।
मुद्दा मिलाइदिन तीन लाख माग्ने वकिल पक्राउ

भरतपुर, असोज १२ : मुद्दा मिलाइदिन भन्दै तीन लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले एक कानून व्यवसायीलाई पक्राउ गरेको छ ।

चितवन कालिका नगरपालिका-५ पदमपुरका अधिवक्ता रामचन्द्र देवकोटा पक्राउ परेका हुन् । उनीविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुद्दा मिलाइदिन्छु भन्दै उनले आठजनासँग तीन लाख रुपैयाँ मागेको उजुरी परेको छ ।

भरतपुर-३ का राहुल गुप्ताले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । ‘राहुल गुप्तासमेतका आठजनाले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएकाले निजलाई समेत कारवाही गरी पाऊँ भनी भारत घर भएका सतिशकुमारले कार्यालयमा जाहेरी पेश गरेकामा मुद्दा मिलाइदिन्छु भनी रकम माग गरेपछि पक्राउ गरिएको हो,’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ । प्रहरीले देवकोटालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: ११:०९ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्