Kathmandu Press

नविललाई सवा दुई अर्ब नाफा, सानिमा र सनराईजको पनि उल्लेख्य आम्दानी

काठमाडौं, माघ १६ः तीन वाणिज्य बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफामा उल्लेख्य बृद्धि गरेका छन् । नविल बैंकले ६ महिनामा नाफा १८ प्रतिशतले बृद्धि गर....

नविललाई सवा दुई अर्ब नाफा, सानिमा र सनराईजको पनि उल्लेख्य आम्दानी

काठमाडौं, माघ १६ः तीन वाणिज्य बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफामा उल्लेख्य बृद्धि गरेका छन् । नविल बैंकले ६ महिनामा नाफा १८ प्रतिशतले बृद्धि गरेको छ भने सानिमा बैंकले १८.२५ प्रतिशतले र सनराइज बैंकले ३४ प्रतिशतले बढाएको छ ।

नविल बैंकले ६ महिनामा दुई अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको हो । गत वर्ष यो अवधिमा नविलले एक अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै, सानिमा बैंकले सानिमाले ९८ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरि सनराइज बैंकले पुससम्ममा ७९ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ ।

नविल बैंकले पुससम्म एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकनल गरेको छ भने एक खर्ब ३० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । चुक्ता पूँजी नबढाएको बैंकले जगेडा कोष ८४ प्रतिशतले बढाएर १४ अर्ब ५२ करोड रुपैयाँ जम्मा गरेको छ ।

प्रति शेयर आम्दानी नौ रुपैयाँले बढाउँदा ५४ रुपैयाँ पुगेको छ । आधार व्याजदर थप १.०२ प्रतिशतले बढेर ७.९४ प्रतिशत पुगेको छ ।

निक्षेप संकलन तथा ऋण लगानीमा आक्रामक देखिएको नविलको व्याज खर्च ४० प्रतिशतले बढ्दा व्याज आम्दानी भने ६२ प्रतिशतले बढेको छ । व्याज आम्दानीको हिस्सा धेरै हुँदा बैंकले खुद व्याज आम्दानी २३ प्रतिशतले बढाएर तीन अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेको छ । खराव कर्जामा उल्लेख्य सुधार गरेको बैंकले ०.५१ प्रतिशत बिन्दुले घटाएर ०.६२ प्रतिशतमा झारेको छ ।

निक्षेप संकलन र ऋण लगानीमा सन्तुलन कायम गरेको सानिमा बैंकको व्याज खर्च र व्याज आम्दानीमा पनि सन्तुलन देखिएको छ । बैंकले खुद व्याज आम्दानी ४१ प्रतिशतले बढाएर एक अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ ।

पुससम्म बैंकले ८५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ७७ अर्ब २२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । ऋण विस्तार २६ प्रतिशतले बढेको छ भने निक्षेप २५ प्रतिशतले बढेको छ । आधार ब्याज दर झिनो अंकले घटाएर ९.७५ प्रतिशत छ । प्रति शेयर आम्दानी तीन रुपैयाँले सुधार गर्दै २४.५५ रुपैयाँ रहेको छ । खराव कर्जा ०.२१ प्रतिशतले बढेर ०.२४ प्रतिशत पुगेको छ ।

त्यस्तै, सनराइज बैंकले खुद व्याज आम्दानी ३५ प्रतिशतले बढाएर एक अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । ६ महिनाको अवधिमा बैंकले ७६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब ७५ करोड रुपैयाँ ऋण विस्तार गरेको छ ।

आधार व्याजदर ०.३३ प्रतिशत बिन्दुले घटाएर १०.६३ प्रतिशतमा झारेको छ । खराब कर्जा पनि ०.३९ प्रतिशत बिन्दुले सुधार गर्दै १.२६ प्रतिशतमा झारेको छ । प्रति शेयर आम्दानी पाँच रुपैयाँले सुधार हुँदा १९.४५ रुपैयाँ पुगेको छ ।

कुन बैंकको अवस्था कस्तो ?

 

प्रकाशित मिति: १३:३७ बजे, बुधबार, माघ १६, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्