प्रदेश-२ मा लोसपा संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित
प्रदेश-२ प्रदेशसभामा लोसपाको संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् ।
काठमाडौं, असोज १२ : प्रदेश–२ प्रदेशसभामा लोसपाको संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् ।
सर्वसम्मतिको प्रयास भए पनि सम्भव नभएपछि गरिएको निर्वाचनमा सोनल विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी उपेन्द्र महतो ६ मत ल्याएर पराजित भए भने सोनलले नौ मत प्राप्त गरे । एक मत बदर भयो ।
प्रदेशसभामा लोसपाका १६ सांसद छन् । लोसपाले संसदीय दलको विधान पनि पारित गरेको छ ।
प्रकाशित मिति: १०:१३ बजे, मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











