Kathmandu Press

पद्मश्री पुरस्कार मोक्षभूमिलाई र आचार्यलाई पद्मश्री सम्मान

काठमाडौं, असोज १२ : खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई पद्मश्री पुरस्कार र गायक तथा सङ्गीतकार भक्तराज आचार्यलाई पद्मश्री...
पद्मश्री पुरस्कार मोक्षभूमिलाई र आचार्यलाई पद्मश्री सम्मान

काठमाडौं, असोज १२ : खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले केशव दाहालको उपन्यास ‘मोक्षभूमि’लाई पद्मश्री पुरस्कार र गायक तथा सङ्गीतकार भक्तराज आचार्यलाई पद्मश्री सम्मान प्रदान गर्ने भएको छ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले २०७७ को पद्मश्री पुरस्कार दाहालको उपन्यास मोक्षभूमिलाई र २०७७ को पद्मश्री सम्मान आचार्यलाई प्रदान गर्ने निर्णय भएको बताए।

चार दशकदेखि सुगम गीत संगीत तथा भजन गायनमा महत्वपूर्ण योगदान दिएका गायक तथा संगीतकार आचार्यलाई पद्मश्री सम्मान अर्पण गर्न लागिएको हो।

प्रतिष्ठानले २०६३ सालदेखि पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ। यस्तै, २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना  गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ।

पुरस्कार र सम्मान दुवैको राशि तीन-तीन लाख रुपैयाँ रहेको छ। दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिँदै आएको छ।

प्रकाशित मिति: ०७:१६ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्