Kathmandu Press

आइपीएल : हैदरावादको दोस्रो जित, राजस्थान ७ विकेटले पराजित

काठमाडौं, असोज १२ : यूएईमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइसर्ज हैदरावादले दोस्रो जित निकालेको छ।गएराति दुबईमा भएको खेलमा जासन...
आइपीएल : हैदरावादको दोस्रो जित, राजस्थान ७ विकेटले पराजित

काठमाडौं, असोज १२ : यूएईमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइसर्ज हैदरावादले दोस्रो जित निकालेको छ।

गएराति दुबईमा भएको खेलमा जासन रोए र कप्तान केन विलियम्सनले उत्कृष्ट ब्याटिङ गरेपछि हैदरावादले राजस्थान रोयल्समाथि ७ विकेटको जित निकालेको हो।

हैदरावादको जारी आइपीएलमा दोस्रो जित हो। १० खेलमा दुई जितसहित चार अंक जोडेको हैदरावाद अंक तालिकाको पुछारमा छ। राजस्थान भने ८ अंकसहित छैठौं स्थानामा छ।

पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको १६५ रनको लक्ष्य हैदरावादले १८.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। हैदरावादका लागि इंग्लिस ओपनर रोएले ४२ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६० रन बनाए भने कप्तान विलियम्सन ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५१ रनमा नटआउट रहे।

यस्तै, अभिषेक शर्माले १६ बलमा २१ रन बनाउँदा ऋद्धिमन साहले ११ बलमा १८ रन बनाए। राजस्थानका मुस्ताफिजुर रहमान, महिपाल लोम्रोर र चेतन सकारियाले एक एक विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। राजस्थानका कप्तान सन्जु सामनसले सर्वाधिक ८२ रन बनाए। उलने ५७ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

यस्तै, यजस्वी जैसवालले २३ बलमा ३६ रन बनाउँदा लोम्रोरले २८ बलमा २९ रनको योगदान दिए। हैदरावादका सिद्धार्थ कौलले २ तथा सन्दीप शर्मा, भुवनेश्वर कुमार र रसिद खानले एक एक विकेट लिए।

प्रकाशित मिति: ०६:३२ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्