वर्ल्डलिंकको दशैं अफर : पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार
काठमाडौं, असोज ११ : नेपालीहको महान पर्व वडा दशैंको अवसरमा इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा...
काठमाडौं, असोज ११ : नेपालीहको महान पर्व वडा दशैंको अवसरमा इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज सार्वजनिक गरेको हो ।
कम्पनीको दशैं अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेट टिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । यद्यपि छ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दशैँ अफरमा सहभागिता जनाउन सक्नेछन् ।
उक्त अफरको छ महिनाको प्याकेजको मूल्य ७ हजार नौ सय रुपैयाँ राखिएको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटिभी सहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १ हजार ३१७ रुपैयाँ पर्नेछ । त्यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १ हजार दुई सय रुपैयाँमै २ वटा नेटटिभी सहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज समेत ल्याएको छ । यही प्याकेज छ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १ हजार ४३४ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
यस्तै ४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ । जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १ हजार ४ सय रुपैयाँमै २ वटा नेटटिभीसहित वर्ल्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ ।
तीन वटा नेटटिभी सहित एक सय एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक केवल १ हजार ६ सय रुपैयाँ पर्नेछ । ८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दशैँ अफर लागु हुने कम्पनीले जनाएको छ ।
वर्ल्डलिंकका अनुसार २ वटा नेटटिभी सहित ८० एमबीपीएसको छ महिने सब्सक्रिप्सनको मूल्य १० हजार एक सय रुपैयाँ र ३ वटा नेटटिभी सहितको एक सय एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५ सय रुपैयाँमा प्राप्त हुनेछ । कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडान सहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधा समेत उपलब्ध गराउनेछ । जसमा ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई–फाई रोमिङ र नेटटिभी प्राइम (ओटीटी) सब्स्क्रिप्सन प्राप्त हुनेछ ।
वर्ल्डलिंकले देशका ११ हजारभन्दा बढी स्थानमा फ्री वाई–फाई जडान गरेको छ । जसमा अन्य प्रयोगकर्ताले दैनिक ५ सय एमबीसम्मको डेटा निःशुल्क रुपमा प्रयोग गर्न पाउँछन् । तर वर्ल्डलिंकका ग्राहकले भने त्यस्ता स्थानमा अनलिमिटेड वाई–फाईको सुविधा प्रयोग गर्न सक्छन् ।
नयाँ ग्राहकसँगै वर्ल्डलिंकका विद्यमान प्याकेज रिन्यु गर्ने ग्राहकले समेत यो दशैँ अफर प्राप्त गर्न सक्नेछन् । यस्तै हालै मात्र वर्ल्डलिंकले वाई–फाईको समस्या समाधान गर्न नयाँ मेश वाई–फाई समेत उपलब्ध गराउन सुरु गरेको छ । जसमा नेपालकै सबैभन्दा फास्ट स्पिडको रुपमा रहेको फोटोन सिरिज ३ सय एमबीपीएस इन्टरनेट वाई–फाई सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।











