राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छिन् ।
काठमाडौं, असोज ११ : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छिन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले नेपाल सरकार, मन्त्रिपरिषद्को आजको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको जनाएका छन् ।
यसअघि आजै साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
सरकारले गत भदौ १ गते २० प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।

प्रकाशित मिति: २०:४० बजे, सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











