सरकारद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस
सरकारले गत भदौ १ गते २० प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।
काठमाडौं, असोज ११ : सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारले गत भदौ १ गते २० प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।
अध्यादेश ल्याएलगत्तै माधव नेपालले नेकपा एमाले विभाजन गरेका थिए भने महन्थ ठाकुरले जनता समाजवादी पार्टी विभाजित भएका थिए । सरकारले संविधान अनुसार अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गर्न सक्ने व्यवस्था रहेको छ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिमार्फत् खारेज गराएका थिए।
प्रकाशित मिति: १९:५४ बजे, सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











