१० बुँदे कार्यान्वयन गर्ने कार्यदलको संयोजकमा भीम रावल

काठमाडौं, असोज ११ : नेकपा (एमाले) ले १० बुँदे कार्यान्वयनको क्रमम देखिएका समस्याको समाधान गर्ने जिम्मा उपाध्यक्ष भीम रावल नेतृत्वको कार्यदललाई दिएको छ ।
आज च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बसेको बैठकले यसअघि नै बनेको कार्यदलको ५ जनाको कार्यदलको संयोजकको जिम्मेवारी रावललाई दिएको हो ।
यसअघि ६ जना रहेको कार्यदलमा स्थायी कमिटी सदस्य शंकर पोखरेललाई पनि थप गरिएको पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।
कार्यदललाई सातै प्रदेशमा देखिएका अप्ठ्यारा, विभागमा देखिएका समस्या र केन्द्रीय सदस्यसम्मको कार्य जिम्मेवारी दिइएको हो ।
यस्तै बैठकले एमालेले समाजवादको दिशामा अघि बढ्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: १९:३९ बजे, सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











