प्रदेश नं १ मा ३२७ मा सङ्क्रमित
काठमाडौं, असोज ११ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।सो अवधिमा एक हजार...काठमाडौं, असोज ११ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सो अवधिमा एक हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८० मध्ये विराटनगरमा ३९, सुनसरीमा ५०, इलाम, धनकुटा र सङ्खुवासभामा दुई दुई, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह्रथुम र प्रदेश बाहिरका एक÷एक जनामा सङ्क्रमण भएको हो ।
सो अवधिमा सुनसरीमा ६६, मोरङमा ५८, इलाममा आठ, धनकुटामा दुई, ओखलढुङ्गा र उदयपुरमा एकएक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको छ ।
प्रदेशमा आजै १२६ महिलासहित २४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलासहित चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १९:२९ बजे, सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१