Kathmandu Press

एसिड आक्रमणविरुद्धको सहित तीनवटा विधेयक संघीय संसदमा प्रस्तुत गर्न सरकारको स्वीकृति

सरकारले एसिड आक्रमणविरुद्धको सहित तीनवटा विधेयकलाई संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिएको छ।
एसिड आक्रमणविरुद्धको सहित तीनवटा विधेयक संघीय संसदमा प्रस्तुत गर्न सरकारको स्वीकृति

काठमाडौं, असोज ११ : सरकारले एसिड आक्रमणविरुद्धको सहित तीनवटा विधेयकलाई संघीय संसदमा प्रस्तुत गर्न स्वीकृति दिएको छ।

‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्न बनेको विधेयक, २०७८’लाई संसदमा प्रस्तुत गर्न मन्त्रिपरिषदले स्वीकृति दिएको हो ।

यस्तै, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०७८’ र ‘सार्वजनिक पदधारण गर्ने व्यक्तिको सपथसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’लाई पनि संघीय संसदमा प्रस्तुत गर्न मन्त्रिपरिषदले स्वीकृति दिएको छ ।

सोमबार सम्पन्न मन्त्रिपरिषद बैठकले ‘रासायनिक मल नियन्त्रण (दोस्रो संशोधन) आदेश, २०७८’ स्वीकृत गरेको छ ।

यसैगरी, समाजकल्याण परिषदका उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्य–सचिव पुष्कर खाती, सदस्यहरू मणिराम बन्जाडे, गोविन्दबहादुर शाही, नानीमाया थापा, ब्रह्मध्वज गुरुङ र सुशीला ज्ञवालीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । यस्तै, सरकारले गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष नियुक्त गरेको छ ।

प्रकाशित मिति: १८:४६ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्