Kathmandu Press

पर्यटन मन्त्रालयद्वारा द क्लिफ प्रालि सम्मानित 

काठमाडौं, असोज ११ : ४२ औ विश्व पर्यटन दिवसको अवसरमा सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्ति र संघ...
पर्यटन मन्त्रालयद्वारा द क्लिफ प्रालि सम्मानित 

काठमाडौं, असोज ११ : ४२ औ विश्व पर्यटन दिवसको अवसरमा सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्ति र संघ संस्थाहरुलाई सम्मान गर्ने क्रममा एड्भेन्चर स्पोर्ट्सलाई पनि समेटेको छ ।

नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा एड्भेन्चर स्पोर्ट्स तर्फ द क्लिफ प्रालिका तर्फबाट अध्यक्ष राजु कार्की  सम्मानित भएका छन् ।

Hardik ivf

द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बिश्वकै अग्लो स्वीङ र बिश्वकै दोश्रो अग्लो बन्जी लगायत  स्काइ साइक्लीङ, स्काइ चेयर, जर्ब बल, हाइ रोप स्टेसन जस्ता सहासिक खेल सन्चालन गरिरहेको छ ।

बिगतमा एड्भेन्चर पेशामै भएका सिन्धुपाल्चोकका राजुले स्थानिय ब्यवसायी सहितको टिम बनाइ अग्रता लिएर २०७३ सालदेखी निर्माण सुरु गरिएको रिसोर्ट र एड्भेन्चर गतिविधि २०७७ कर्तिक १५ देखि सन्चालनमा आएको थियो ।

प्रकाशित मिति: १८:१६ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्