परराष्ट्रमन्त्री खड्कालाई चिनियाँ समकक्षी वाङको बधाइ
परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चिनियाँ समकक्षी वाङ यीले सोमबार बधाइ सन्देश पठाएका छन्।
काठमाडौं, असोज ११ : परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चिनियाँ समकक्षी वाङ यीले सोमबार बधाइ सन्देश पठाएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन् ।
नेपालका नयाँ परराष्ट्रमन्त्रीका रूपमा डा. खड्कासँग आफू काम गर्न इच्छुक रहेको विदेशमन्त्री वाङले आफ्नो सन्देशमा उल्लेख गरेका छन् । डा. खड्काको कार्यकालमा नेपाल र चीनबीचको सम्बन्धमा प्रगतिका नयाँ ढोका खुल्ने विश्वास पनि विदेशमन्त्री वाङले व्यक्त गरेका छन् ।
प्रकाशित मिति: १७:४८ बजे, सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











