Kathmandu Press

विशेष अदालतमा ५० लाख धरौटी बुझाएर रिहा भए चुडामणि शर्मा

विशेष अदालतमा ५० लाख रुपैयाँ धरौटी बुझाएर निलम्बित सहसचिव चुडामणि शर्मा सोमबार रिहा भएका छन् ।
विशेष अदालतमा ५० लाख धरौटी बुझाएर रिहा भए चुडामणि शर्मा

काठमाडौं, असोज ११ : विशेष अदालतमा ५० लाख रुपैयाँ धरौटी बुझाएर निलम्बित सहसचिव चुडामणि शर्मा सोमबार रिहा भएका छन् ।

कर फछ्र्यौट आयोगको सदस्य–सचिव बन्दा व्यवसायीलाई गैरकानूनी लाभ पुग्नेगरी कर छुट दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको छ । उनी सोमबार विशेष अदालतमा उपस्थित भएका हुन् ।

न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनीसँग ५० लाख रुपैयाँ धरौटी मागेको हो ।

आयोगमा छँदा उनले व्यवसायीहरूलाई आफूखुशी कर छुट दिएर राज्यकोषलाई एक अर्ब रुपैयाँभन्दा बढी घाटा पुर्‍याएको अख्तियारको ठहर छ । अख्तियारले उनीसहित आयोग अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध मुद्दा चलाएको छ ।

महत र ढकाल पनि आइतबार अदालतमा उपस्थित भएर ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति: १७:२८ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्