Kathmandu Press

एमाले सुदूरपश्चिम इन्चार्जसम्बन्धी विवाद मिलाउने जिम्मा ओलीलाई

काठमाडौं, असोज ११ : एमाले सुदूरपश्चिम इन्चार्ज को भन्ने विवाद मिलाउने जिम्मा अध्यक्ष केपी ओलीलाई दिइएको छ।आजको स्थायी कमिटीको बैठकले उपाध्यक्षमा भीम रावल या...
एमाले सुदूरपश्चिम इन्चार्जसम्बन्धी विवाद मिलाउने जिम्मा ओलीलाई

काठमाडौं, असोज ११ : एमाले सुदूरपश्चिम इन्चार्ज को भन्ने विवाद मिलाउने जिम्मा अध्यक्ष केपी ओलीलाई दिइएको छ।

आजको स्थायी कमिटीको बैठकले उपाध्यक्षमा भीम रावल या पछिल्लोपटक सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएका लेखराज भट्टमध्ये एकजनालाई तोक्ने जिम्मेवारी ओलीलाइ दिएको स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले बताए।

‘जेठ २ लागू भइसकेको छ। सुदूरपश्चिमको हकमा उच्चस्तरीय कार्यदलसँगको सल्लाहमा अध्यक्षले मिलाउनुहुन्छ,’ उनले भने। 

रावल र भट्टमध्ये को  इन्चार्ज रहने भन्ने विषयमा समझादरी हुनुपर्ने र एकजनाले ठाउँ छाड्नुपर्ने उनको भनाइ थियो। ‘एकजनाले ठाउँ छोड्दा इन्चार्जभन्दा अझ सम्मानित ठाउँ खोजेर मिलाउने प्रयास जारी छ। यो विषयमा दुवै नेता राजी हुनुपर्छ,’ गुरुङले भने। मेरै गोरुको बाह्रै टक्का भनेर समस्याको समाधान नहुने उनको भनाइ थियो।

सुदूरपश्चिममा इन्चार्जको विषय विवादित बन्दै आएको छ। रावल नेपाल समूहतिर सक्रिय रहँदा माओवादी केन्द्र त्यागेर एमालेमा रहेका लेखराज भट्टलाई सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी तोकिएको थियो। 

पछि माधव नेपालले नयाँ पार्टी खोलेपछि एमालेमै अडिएका रावलले १० बुँदे सहमतिलाई  आधार बनाएर आफ्नो पूर्ववत् जिम्मेवारी मागेका थिए।    

गुरुङले १० बुँदे सहमतिको कार्यान्वयन अधिकांश ठाउँमा भइसकेको दाबी गरे।

प्रकाशित मिति: १७:१४ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्