Kathmandu Press

भूमि आयोगसम्बन्धी मुद्दामा निर्णयको फाइल झिकाउन आदेश

काठमाडौं, असोज ११ : सर्वोच्च अदालतले भूमि आयोगसम्बन्धी मुद्दामा निर्णयको फइल झिकाउन आदेश दिएको छ।न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले आज (सोमबार)...
भूमि आयोगसम्बन्धी मुद्दामा निर्णयको फाइल झिकाउन आदेश

काठमाडौं, असोज ११ : सर्वोच्च अदालतले भूमि आयोगसम्बन्धी मुद्दामा निर्णयको फाइल झिकाउन आदेश दिएको छ।

न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले आज (सोमबार) भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको साउन १९ गतेको निर्णय झिकाउन आदेश दिएको हो।

अधिवक्ताहरू प्रवेश केसी, एकबहादुर ल्वागुन र रोजन खड्का तथा आयोगका तत्कालीन अध्यक्ष देवी ज्ञवालीले भूमि आयोग विघटनविरुद्ध छुट्टछुट्टै चारवटा रिट निवेदन दिएका थिए। तिनै रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निर्णय झिकाउने आदेश दिएको हो।

सर्वोच्चले नयाँ आयोग गठन आदेश र नयाँ पदाधिकारी नियुक्तिसम्बन्धी निर्णयको फाइल पनि मगाएको छ। सरकारले गत भदौ २५ गते नयाँ आयोग गठन आदेश दिएको थियो।

भदौ २९ मा केशव निरौलाको नेतृत्वमा नयाँ आयोग गठन गरिएको थियो। साउन २५ मा सर्वोच्चले आयोगका कामकारबाहीसम्बन्धी अभिलेख, भौतिक स्रोत साधन लगायतका व्यवस्थापनसँग सम्बन्धित विषयहरूलाई परिवर्तन नगरी यथास्थितिमा राख्नू भनी अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

प्रकाशित मिति: १६:५३ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्